विद्युत् कम्पनीले बैंकको ऋण तिर्न हकप्रद निष्कासन गर्न पाउने

४ बर्ष अगाडि

काठमाडौं - विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद ९राइट० शेयर निष्कासन गर्न पाउने भएका छन् । 

यसअघि विद्युत् कम्पनीहरूले आयोजनामा लगानी गर्न पाउने प्रयोजनका लागि मात्र हकप्रद शेयर निष्कासन गर्न पाएका थिए । अब भने बैंकको ऋण तिर्नका लागि पनि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् नियमन आयोगले अगाडि बढाएको हो ।

आयोगले विद्युत् कम्पनीको शेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो ।

आयोगले निर्देशिकाको संशोधित मस्यौदामा सरोकारवालाको राय सुझाव संकलन गरिरहेको छ । त्यसपश्चात् उक्त निर्देशिकाको संशोधित मस्यौदाले अन्तिम रूप पाउने आयोगले जनाएको छ 

मस्यौदाअनुसार कम्पनीहरूले बैंकको ऋण तिर्ने प्रयोजन नै भनेर पूर्वस्वीकृतिका लागि आयोगमा आवेदन दिन सक्नेछन् । कम्पनीले आयोगबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया