काठमाडौं, काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ । जेठ १४ गतेबाट किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय लागु हुने गरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरेको हो ।
मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया