कार्यक्रम गैससको, बजेट सरकारको

७ बर्ष अगाडि

काठमाडौँ – युनिभर्सल पिस फेडेरेसनले राजधानीमा गर्न लागेको एसिया प्यासिफिक समिटका लागि अर्थ मन्त्रालयसँग तीन सरकारी निकायले साढे ३२ करोड रुपैयाँ माग गरेका छन् ।

सडक टालटुल, सुरक्षाकर्मी परिचालन र विशिष्ट अधिकारीसँग नेपाल सरकारका अधिकारीले गर्ने भेटवार्ताका लागि उक्त बजेट मागिएको हो ।

यो रकम गत भदौमा सम्पन्न बिमस्टेक सम्मेलनको खर्चभन्दा दोब्बर हो । बिमस्टेक सम्मेलनमा परराष्ट्र मन्त्रालयले व्यवस्थापन गरेको खर्चबाहेक करिब १५ करोड रुपैयाँ लाग्ने प्रस्ताव ५ वटा मन्त्रालयले गरेका थिए । 
सरकारले निकै महत्त्व दिएर गरिएको कार्यक्रममा भन्दा दोब्बर बजेट माग हुनुलाई अर्थका अधिकारीहरूले अस्वाभाविक भन्दै कडाइ गर्न खोजेको बताएका छन् । कान्तिपुर दैनिका खबर छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया