प्रहरीले झिकायो सबै प्रदेशबाट गाडी

७ बर्ष अगाडि

काठमाडौँ – युनिभर्सल पिस फेडेरेसनको आयोजनामा राजधानीमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षाका लागि भन्दै प्रहरी प्रधान कार्यालयले प्रदेशस्थित प्रहरी कार्यालयहरूबाट धमाधम गाडी झिकाउन थालेको छ ।


प्रधान कार्यालयमा रहेका गाडी अपुग भएपछि जिल्लामा दैनिक सुरक्षामा प्रयोग भइरहेका गाडी झिकाउन लागिएको हो ।

दि एसिया प्यासिफिक समिट २०१८ मा आउने विशिष्ट र अति विशिष्ट पाहुनाको सुरक्षाका लागि गृहले प्रहरी प्रधान कार्यालयलाई जिम्मा दिएको छ ।

प्रधान कार्यालय स्रोतका अनुसार ६ प्रदेशबाट ३० वटा गाडी झिकाउने प्रक्रिया थालिएको छ । केही जिल्लाबाट गाडी आइसकेका छन् भने केहीबाट आउने क्रममा छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया