एम्बुलेन्स प्रयोग गाँजा ओसारपसारमा, १०० किलो गाँजा सहित २  जना पक्राउ

५ बर्ष अगाडि

स्थानीय प्रशासनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि  जिल्लाभर निषेधाज्ञा जारी गरेको समयमा आकस्मिक  सेवाका लागि प्रयोग हुने सावारी सधान एम्बुलेन्स प्रतिबन्धित गाँजा ओसारपसारमा प्रयोग हुने गरेको सार्बजनिक भएको छ ।

सुनसरीमा १ सय केजी गाँजा एम्बुलेन्सबाट प्रहरीले बरामत गरेपनि आकस्मिक सेवाका रुपमा प्रयोग हुँदै आएको एम्बुलेन्स प्रहरीको आँखा छल्न गाँजा ओसारपसारमा पनि प्रयोग ने गरेको खुलासा भएको हो ।

सुनसरी धरान उपमहानगरपालिका २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट १०० केजी गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका ७ बजे अस्थायी प्रहरी चौकी अमर हाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को१च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्सको पछाडिको भागमा २५र२५ केजीको ४ वटा झोलामा जम्मा १०० केजी लागूऔषध गाँजा बरामद गरेको हो ।


 बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले बताए ।

डिएसपी बस्नेतले  हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको पाइएको छ । उक्त एम्बुलेन्सलाई शंका लागेर चेकजाँच गर्दा १ सय किलो गाँजा बरामद भएको र त्यसबारेमा थप अनुसन्धान भईरहेको उनले बताए।

५ बर्ष अगाडि

प्रतिक्रिया