विभिन्न ५ मुलुकबाट बहराइन प्रवेश गर्न प्रतिबन्ध

५ बर्ष अगाडि

काठमाडौं, बहराइनले एसियाली विभिन्न ५ मुलुकबाट प्रवेश गर्न निषेध गरेको छ । 

बहराइनले भारत, पाकिस्तान, नेपाल, श्रीलंका र बंलादेशबाट आउन प्रतिबन्ध लगाइएको हो । 

आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पीसीआरको रिपोर्ट देखाउनुपर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखिएको छ । ५ देश बाहेकका अन्य मुलुकबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ ।

उनीहरुले पीसीआर रिपोर्ट देखाएमा भने क्वारेन्टाइनमा बस्नु नपर्ने अधिकारीहरुको भनाई छ । 

कोरोना भाइरसको महामारी फैलिएका देशहरुलाई “रेड लिष्ट” मा पारेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया