काठमाडौ ।वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपाली चेलीले ज्यान गुमाएका छन्।
कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गार्मेन्टको कामका लागि गएका उनीहरूको एक महिनाभित्र एउटै भवनमा २ जनाको ज्यान गएको हो।
सिन्धुपाल्चोक बाह्रबिसे थापागाउँकी रोशनी रसाइली बाथरुममा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । बिहान बाथरुम जान्छु भनी निस्किएकी रसाइली नफर्किएपछि बाथरुम गई हेर्दा मृत अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले नेपाली युवतीले जानकारी दिईन । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर झुन्ड्याएको जस्तो लाग्छ’ ती प्रत्यक्षदर्शीले नेपाली महिलाले बताइन्।
एक महिनाभित्रै दुई नेपालीको एउटै ९२५ नम्बर० भवनमा रहस्यमय तरिकाले ज्यान गुमाएपछि सबै नेपाली कामदारमा त्रासदी फैलिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया