सीसीएमसीको प्रमुखमा सेनाका पूर्वरथी  शर्मा नियुक्त

५ बर्ष अगाडि

काठमाडौं– सरकारले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी निर्देशकमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको हो ।

सरकारले यसै साता जारी गरेको स्वास्थ्य आपतकालसम्बन्धी अध्यादेशले सीसीएमसीको संरचनामा परिवर्तन गरेर सीसीओ नियुक्तिको प्रावधान थपेको थियो । अध्यादेशको सोही प्रावधान अन्तरगत शर्मालाई सीईओ बनाइएको हो ।

यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हालेका थिए । अब पूर्व सैनिकको कमाण्डमा यसको सञ्चालन हुनेछ । ईश्वर पोखरेल निर्देशन समितिको सदस्यका रुपमा रहनेछन् । ८ जना मन्त्री र मुख्यसचिव रहने निर्देशक समितिको नेतृत्व प्रधानमन्त्रीले सम्हाल्नेछ ।     

५ बर्ष अगाडि

प्रतिक्रिया