काठमाडौं। आर्थिक वर्ष २०७८र७९ को बजेट बजेट लेखनको काम सकिएको छ । अर्थ मन्त्रालयले सोमबार व्यय अनुमान र खर्च शीर्षकगत अनुमानको अंक रुजुसहितको अन्तिम मस्यौदा तयार गरेको हो ।
बजेट निर्माणमा मन्त्रिसहित २ सचिव र ५ सहसचिव संलग्न छन्। स्रोतका अनुसार कुन मन्त्रालयलाई कति बजेट विनियोजन गर्ने भन्ने र शीर्षकगत खर्चको अन्तिम अंक पनि तयार भएको छ । हिँजो बेलुका सम्म बजेट तयार गरेपछि आज मोटामोटी हेरेर भोली अर्थात बुधबार रातो किताब छपाइका लागि पठाउने तयारी गरेको छ।
सरकारले प्रतिनिधिसभा विघटन गरेकाले यो पटक बजेट अध्यादेशबाट ल्याउने भएको छ। निर्वाचन समेत घोषणा गरिएकोले अर्थमन्त्री विष्णु पोडेलले लोकप्रीय बजेट ल्याउने तयारीमा छन् । निर्वाचनमा एमालेलाई फाइदा हुनेगरी निर्वाचनलक्षित योजनालाई बजेट तयार भएको स्रोत बताउँछ ।
अर्थमन्त्रालयले प्रत्येक मन्त्रालयलाई चालु वर्षभन्दा १० प्रतिशत बढी बजेट दिनेगरी बजेट बनाएको स्रोतले बताएको छ । सामान्य समय हुँदा चालु वर्षको बजेटभन्दा २० प्रतिशत बढी प्रस्तुत गर्ने तयारी गरिएको भएपनि कोभिड दोस्रो लहर सुरु भएपछि बजेटको आकार घटाइएको हो ।
बजेटमा वैदेशिक स्रोतको सीमा ३ खर्ब ३० अर्बभन्दा बढी राखिएको छ । चालु आर्थिक वर्षको बजेटमा ३ खर्ब ९९ अर्ब वैदेशिक स्रोतको सिमा थियो । नेपालले अहिले विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतबाट सहयोग लिदै आएको छ।
बजेटमा आगामी वर्ष चालू वर्षभन्दा १० प्रतिशत धेरै राजस्व संकलनको लक्ष्य राखिएको छ । सामान्य अवस्थामा २० प्रतिशतको राजस्व वृद्धि हुँदै आइरहेकोमा कोभिड संक्रमणपश्चात २ देखि ५ प्रतिशतले मात्रै वृद्धि हुँदै आएकोले बजेटमा जम्मा १० प्रतिशत राजश्व बृद्धिका लक्ष्य राखिएको छ । यो आन्तरिक राजस्व विभागको सुझाव अनुसारको हो । यस अनुसार विभागले आगामी आर्थिक वर्ष करिब ५ खर्ब राजस्व संकलन गर्ने लक्ष्य राख्ने भएको छ।
मन्त्रालयले आगामी आगामी वर्ष गैरराजस्वको क्षेत्र सेवा क्षेत्रबाट वर्ष १० खर्बभन्दा बढी संकलन हुने अनुमान बजेटमा राखेको छ ।
प्रतिक्रिया