उपत्यकामा थप कडाइका साथ निषेधाज्ञा थपिदै

५ बर्ष अगाडि


काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरीने भएको छ। दिनानु दिन कोरोना संक्रमित हुनेको संख्या बढ्नेक्रम जारी रहेकाले थप कडाइका साथ निषेधाज्ञाको अवधी थप गर्न लागीएको हो। 

कोरोना भाइरसको दोस्रो लहर पश्चात सरकारले काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएपनि कोरोना संक्रमितको संख्या घट्न सकेको छैन । 

एकै पटक एक महिनाको लागि निषेधाज्ञाको अवधि थप्दा सर्वसाधारणमा त्रासको माहोल सृजना हुन सक्ने भएकाले अहिलेलाई कम्तिमा १५ दिनको लागि निषेधाज्ञा थप्न लागिएको स्रोतले जनाएको छ। 

यहि बिषयमा निर्णय लिनको लागि आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारिहरुले भर्चुअल बैठक बस्दै छन् ।  

काठमाडौं उपत्यकामा १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी  भएको थियो। २२ वैशाखमा पुनस् एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा फेरी दुई साताका लागि थपिएको थियो। थपिएको निषेधाज्ञाको अवधि पनि यहि १३ गते सकिदैछ। 

५ बर्ष अगाडि

प्रतिक्रिया