गोली प्रहारबाट घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेको मृत्यु भएको छ। पाण्डेको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो।
पाण्डे र इयाज अख्तर मुसलमानमाथि जेठ ५ गते गोली प्रहार भएको थियो। इयाजको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जेठ ५ गते राति ११ बजे कपिलवस्तु १ आनन्दबागका ३४ वर्षीय पाण्डे र भारत सिद्धार्थनगर ग्राम चेतरीका २६ वर्षीय इयाजलाई मोटरसाइकलमा आएका तीन जनालाई गोली हानेका थिए ।
पाण्डेको पेट र छातीमा गोली लागेको थियो ।
उनीहरुलाई गोली प्रहार गरेको आरोपमा दुईजना पक्राउ परिसकेका छन्। कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका २ का ३३ वर्षीय साकिर अलि पाखियालाई बिहीबार प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहको छ।
।
प्रतिक्रिया