काठमाडौं – सोमबार मध्यरातमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
विपक्षी गठबन्धनका बहुमत सांसदले प्रतिनिधीसभा विघटनका विरुद्ध र नयाँ प्रधानमन्त्री नियुक्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएपछि मध्यरातमा राणाले बालुवाटार पुगेर ओलीलाई भेटेका हुन् ।
‘सम्माननीय प्रधानन्यायाधीशले बालुवाटार भित्र छिरेर झण्डै एक घण्टा छलफल गर्नुभो, बाँकी कुरा आफै बुझ्नुहोस’ प्रधानन्यायाधीशसम्बद्ध सुरक्षा स्रोतले झण्डै १२ बजे जानकारी दिएको नेपाल समयले लेखेको छ ।
प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाएको बताइएको छ। तर राणाका सुरक्षाकर्मीले भने उनी आफ्नै गाडीमा त्यहाँ पुगेको बताएका छन्।
भेटपछि प्रधानन्यायाधीश त्यति सहज नदेखिएको पनि स्रोतले जानकारी दिएको छ । ‘अरु कुरा थाहा भएन तर फर्कँदा सम्मानीयज्यू खुशी देखिनुभएन। उहाँको अनुहार अलिक अलग थियो।’
राती अबेर भएको भेटघाटको सूचनापछि हामीले प्रधानमन्त्री ओलीका सहयोगीहरुलाई सम्पर्क गरेका थियौं। भेटघाट भएको हुन सक्ने जानकारी दिए पनि उनीहरुले यसको औपचारिक पुष्टि भने गरेनन्।
विपक्षी गठबन्धनका १ सय ४६ सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानन्याधीश स्रोतहरुका अनुसार, प्रधामन्त्री ओलीले भेटमा आफूलाई बदलिँदो अवस्थामा सहयोग गर्न राणासँग आग्रह गरेका छन्।
प्रतिक्रिया