अार्इजिपी खनालको दुबर्इ भ्रमण बिबादमा, वास्ताविकता के ?

७ बर्ष अगाडि

प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले इन्टरपोलको ८७ औ महासभामा भाग लिन दुबई जाँदा केही विवादास्पद व्यक्तिलाई भेटेको भन्दै बिबादमा मुछिएका छन् । 

आईजिपी खनालसँगै सिआइबीका निर्देशक डिआइजी निरज शाही, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी, नेपाल प्रहरीका एसपी देउती गुरुङ्ग साथमा रहेका थिए । युएई भ्रमणको क्रममा खनालले सुन तस्करी र हुण्डीवालाहरुसँग गोप्य भेटघाट गरेको भन्ने समाचार बाहिर आए पछी उनी बिबादमा तानिएका हुन् । 

के हो वास्तविकता ? 

सामुहिक लगानी, श्रम मैत्री र स्वरोजगार, सामाजिक सुरक्षा, राष्ट्र समृद्धिको आधार’ भन्ने नाराका साथ गत शुक्रबार सम्पन्न एनआरएनए युएईको वार्षिक भेला कार्यक्रममा नेपाली दुतावास युएईका कार्यबहाक राजदुत सागर फुँयालको प्रमुख आतिथ्यता रहेको थियो । समाचारहरुमा भनिए जस्तो खनाल प्रमुख अतिथी नभई कार्यक्रमको विषेश अतिथिको रुपमा उपस्थित भएका थिए ।
 
त्यसैगरी कार्यक्रममा नेपाली दुतावासका श्रम काउन्सेलर भेषबहादुर कार्की, एनआरएनए आईसीसी उपाध्यक्ष कुमार पन्त, मध्यपुर्व उपसंयोजक गोपाल कँडेल आईसीसी सदस्य ठाकुर प्रसाद ढुंगाना, आईसीसी सदस्य मनोज श्रेष्ठ, नेपाली  समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, एनआरएन साउदीका राजु सैयद लगायतको विशेष उपस्थिति रहेको थियो ।

आईसिसी सदस्य ढुंगाना ३३ केजी सुन काण्डका आरोपित समेत हुन् । समाचार श्रोतका अनुसार उनी जिल्ला अदालत, मोरङमा दोस्रोपटक पूरक अभियोग दर्ता गर्दा उनलाई पनि प्रतिवादी बनाइएको थियो । उनी अदालतमा उपस्थित भएर १० लाख धरौटी तिरेर छुटेका हुन् ।

अहिले सम्म ढुंगाना प्रत्यक्ष रुपमा सुन तस्करीमा संलग्न नदेखिए पनि उनका ब्यवसायी साझेदार बाल कृष्ण खड्का र उनी बिच भएको लेनदेन कारोबार नै उनलाई आरोप लगाउने आधार बनेको छ । खड्का उनको ब्यापार साझेदार हुन् र उनी सुन तस्करीमा आरोपित हुन् । हाल उनिहरु ब्यापारी साझेदार नरहे पनि उनीहरु बिच लेनदेन बाँकी रहेकाले ट्रान्जेक्सन देखिएको ढुंगानाको दाबी छ । 

एनआरएनएन युएईले आयोजना गरेको उक्त वार्षिक भेलामा खनाललाई बिशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको थियो । उनी ढिला गरी कार्यक्रममा पुगे र केही समय बसे । उनी पुग्दा नेपाली समाजका अध्यक्ष सापकोटा मंचमा बोलिरहेका थिए । उनी पछी नेपाली बिजनेस काउन्सिल दुबईका असिफ अली सिद्दिकी, उपसन्योजक गोपाल कंडेल र आईसिसी उपाध्यक्ष कुमार पन्तले बोले । 

पन्त पछी स्टेजमा चढेका खनालले तस्करहरुलाई सच्चिएर आउन चेतावनी दिए । सेटिङ खत्तम गर्ने भन्दै अहिले पनि कोही संलग्न भए कारबाही गरिने बताए । झण्डै १५ मिनेट बोलेका आईजिपी खनालले बिदेशमा बसेर नेपालीको शीर उच्चो राख्न सुझाब दिए । 

बोलिसकेर खनाल तुरुन्त बाहिरिए । उनी बोलिरहदा आरोपित ढुंगाना अतिथी दिर्घामा बसिरहेका थिए । उनको चेतावनी ढुंगाना लगायतलाई पनि रहेको स्पस्ट बुझ्न सकिन्थ्यो । तर उनिहरु बिच कुनै सम्बाद भएन ।  

त्यस्तै बुधवार रस अल खैमाहमा भएको पार्टीमा समेत ढुंगाना उपस्थित थिए । उनी एनआरएन आईसीसी सदस्य भएकोले कार्यक्रममा उपस्थित भएको जनाईएको छ । सुन तस्करीमा उनी मुछिए पनि आईसीसीले निलम्बन गरेको छैन । भोज अवधी भर उनी रहे पनि खनालसँग कुनै कुराकानी भने भएन । ' खनाल बसिरहेको ठाउँमा ढुंगाना आएर पछाडि पट्टी बसे, तर कुराकानी भएन' उपस्थित मध्येका एकले भने, सबै कपोकल्पित र आईजिपीलाई बद्नाम गर्न नियोजित कुरा हुन् । एनआरएनलाई बद्नाम गर्ने नियतले केही मिडियाकर्मीले यो कुरा उछालेका हुन् ।' 

यसैबिच एनआरएन युएईले एक बिज्ञप्ती जारी गरी उक्त कुराको खण्डन गरेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया