अर्थ मन्त्रालयद्वारा १२ अस्पतालका लागि ८ करोड निकासा

५ बर्ष अगाडि

काठमाडौं - अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मशिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँ खर्च गर्न सहमति दिएको छ ।

जसमा त्रिवि शिक्षण अस्पताललाई ८० लाख,  जिल्ला अस्पताल चौतारालाई ७५ लाख,  जिल्ला अस्पताल दैलेखलाई ७५ लाख,  जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ रहेको छ ।

यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख,  रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख,  टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँ रहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया