काठमाडौं - नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका प्रभावशाली नेता गोकर्ण विष्ट तथा पूर्व सांसद पवित्रा निरौला खरेल र गणेश पहाडीले कांग्र्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग सहितको रिटमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
आइतवार हस्ताक्षर गर्न अस्वीकार गरेका सुरेन्द्र पाण्डेले सोमवार हस्ताक्षर गरेका छन् । विपक्षी गठबन्धनले संविधानको धारा ७६९५० को प्रधानमन्त्री दाबीमा पेश गरिएका १४९ जनाको हस्ताक्षर सदर गर्नुपर्ने तथा गैरसंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने मागसहित विपक्षी गठबन्धनले सोमवार सर्वोच्च अदालतमा रिट दर्ता गर्दैछन् ।
रिटमा नेपाल पक्षका २३ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरेको जनाएको छ । रिट दर्ताको समयसम्ममा संख्या बढ्ने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया