एजेन्सी- युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले २०२०-२१ को सिजन सिरी ए को सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन् ।
पहिलो पटक सिरी ए मा गोल्डेन बुट जिते सँगै रोनाल्डो युरोपको तीन फरक लिगमा गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी बनेका हुुन् । उनले यसअघि प्रिमियर लिग र स्पानिस ला लिगामा पनि सर्वाधिक गोलकर्ताको अवार्ड जितेका थिए ।
इटलीमा तेस्रो सिजन खेलिसकेका रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् । उनले २०१८-१९ मा २१ र २०१९-२० मा ३१ गोल गरेका थिए ।
रोनाल्डोले सिरी ए मा अहिलेसम्म ९७ खेल खेल्दै ८१ गोल गरेका छन् भने युभेन्ट्सका लागि कूल १०२ खेलमा १०१ गोल गरेका छन् । उनले पछिल्लो दुई सिजन फुटबलर अफ दि इअर अवार्ड जितेका थिए ।
रोनाल्डोले यसअघि सन् २००७/०८ मा प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडका लागि ३१ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेका थिए ।
त्यसपछि स्पेन पुगेका रोनाल्डोले रियल मड्रिडबाट खेल्दै तीन पटक सर्वाधिक गोलकर्ताको अवार्ड पीचीची अवार्ड जितेका थिए ।
प्रतिक्रिया