खनाल–नेपालनिकट युवाले एक महिना अगावै नयाँ पार्टी दर्ता गरेको खुलासा, यस्तो छ नयाँ पार्टीको कार्यसमिति !

४ बर्ष अगाडि

काठमाडौं - वरिष्ठ नेता माधवकुमार नेपालसँग जोडिएका केही युवाले कलम चिह्न लिएर नयाँ पार्टी दर्ता गरेका छन् । एमालेको अन्तर्विरोध चर्किएर पार्टी फुटको दिशामा अगाडि बढिरहेका वेला नेपालसँग जोडिएका केही युवाले निर्वाचन आयोगमा एक महिना अगावै नयाँ पार्टी दर्ता गरेको खुलासा भएको हो ।

गत ७ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत र चुनाव चिह्न कलम हुने गरी निर्वाचन आयोगमा दर्ता भएको सा्रेतले जनाएको छ  । प्रस्तावित पार्टीमा २५ सदस्यीय केन्द्रीय कमिटी र पाँच सदस्यीय पदाधिकारी रहेको बताइएको छ । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँगको अन्तर्संघर्षमा कुनै पनि वेला नेपाल समूह अलग्गिनुपर्ने स्थिति आउन सक्ने भएकाले पूर्वयोजना अनुरूप नै नेपालनिकट युवाहरूले आयोगमा पार्टी दर्ता गराएका हुन् ।

प्रस्तावित पार्टीमा २५ सदस्यीय केन्द्रीय कमिटी र पाँच सदस्यीय पदाधिकारी छ । अध्यक्ष जीवन राई, उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया