कार्यकारिणी समितिको बैठकबाट गराएका निर्णयहरु अमान्य हुने– अध्यक्ष ठाकुर

४ बर्ष अगाडि

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठकबाट गराएका निर्णयहरु अमान्य हुने बताएका छन् । अध्यक्ष ठाकुरले आज आफ्ना पक्षका कार्यकारिणी समितिका सदस्यहरुसँग पार्टी कार्यालयमा छलफल गरेपछि सो कुरा बताएका हुन् ।

उनले बैठकपछि एक विज्ञप्ति जारी गर्दै जेठ ७ गते विज्ञप्ति जारी गरी स्थगित गरिएको कार्यकारिणी समितिको बैठक गोप्य स्थानमा गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते पार्टीको केन्द्रीय कार्यालयमा बालकुमारीमा बस्ने तय भएको तर कोरोनाको प्रभाव एवं बन्दाबन्दीको असहजताको कारण जेठ ७ गते सो बैठक स्थगित गरिएका सूचना सार्वजनिक गरिनुको साथै सम्पूर्ण कार्यकारिणी समिति सदस्यहरुलाई समेत जानकारी गराइ सकिएको अवस्थामा गोप्य स्थानमा बैठक बसाएको दाबी अध्यक्ष ठाकुरले गरेका छन् ।

कार्यकारिणी समितिको भनिएको बैठक र बैठकबाट गरिने सबै निर्णयहरु अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई उनलाई जानकारी गराएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया