नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले सरकारी गाडी फिर्ता गरेकी छन्। राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता दिएको भन्दै चौधरीले सुविधामा पाएको गाडी फिर्ता गरेकी हुन्।
प्रतिनिधिसभा बिघटन पछि आइतबार चौधरीले संसद सचिवालयलाई गाडी फिर्ता गरेकी हुन्। आफू सांसद नै नरहेको र जिम्मेवारीबाट मुक्त भएपछि किन गाडी प्रयोग गर्नु भन्दै उनले गाडी फिर्ता गरेको बताइन् ।
राष्ट्रपतिले मन्त्री परिषदको सिफारिसमा शनिबार मध्यराति प्रतिनिनिधसभा विघटन गरेकी गर्दै कात्तिक २६ र मंसिर ३ गते गरि दुई चरणमा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेकी छिन्।
प्रतिक्रिया