दुर्घटनामा परी एकको मृत्यु

७ बर्ष अगाडि

बनेपा –  बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोको नमोबुद्ध नगरपालिका–२ बुच्चकोटमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काठमाडौँबाट भकुण्डेतर्फ गइरहेको को २८ प १३१४ नं को मोटरसाइकल अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ जिल्ला सानोपोखरा–७ बस्ने वर्ष ३९ को पूर्णबहादुर मगर घाइते भएको र धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु हो । 

प्रहरीका अनुसार सो मोटरसाइकललाई कुन सवारी साधनले ठक्कर दियो भन्ने कुरा खुल्न सकेको छैन । ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया