प्रधानमन्त्री र राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर पोतीयो, एक जना पक्राउ

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणाको विरोध गर्ने एक विद्यार्थी नेता पक्राउ परेका छन् । 

आज बानेश्वरमा प्रधानमन्त्री ओली र  राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । 

कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ । 


नेपाल विद्यार्थी संघले आज पक्राउ परेका त्रिपाठीलाई यथाशीघ्र विनाशर्त रिहाइको जोडदार माग समेत गरेको छ । नेपाल विद्यार्थी संघले लोकतन्त्रवादी एक जुट भई संघर्षको बाटोबाट संविधानको संरक्षण र ओलीलाई सत्ताच्युत गर्न  ढिलो गर्न नहुने बताएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया