काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ठूला जहाज उडाउदा र साना (आन्तरिक उडानका) जहाज नउड्दा निगम ओरालो लाग्न थालेको छ । घाटाकै कारण वायुसेवा निगमको वित्तीय जोखिम बढेको उल्लेख छ । निगमसँग भएको अन्तर्रािष्ट्रय उडानका पाँच जहाजमा २ वटा वाइडबडी जहाजको आम्दानी भन्दा बढी खर्च देखिएको छ । विशेष गरी सुगरत्न कसांकारको टाउकोमा राखेर स्वदेशी विमान कम्पनीको दलाली गरिरहेका छन ।
निगमले व्यापारिक योजना अनुसार लामो दूरीका क्षेत्र (लङ हव डेस्टिेन) कोरिया, जापान, चीन, अस्ट्रेलियासहितका देशका गन्तव्यमा उडान गर्न नपाएका कारण जहाज उडेपनि पूर्ण क्षमतामा यात्रु बोक्न नपाएकोले घाटा भएको उल्लेख छ । निगमले सञ्चालनमा ल्याएको ए३३० जहाज आएपछि अगस्टदेखि सेप्टेम्बरसम्ममा साढे २६ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो जहाजले यस अवधिमा गरको खर्च ७५ करोड ६६ लाख मात्रै छ । यो अवधिमा निगमको यो जहाजले गरेको घाटा मात्रै ४९ करोड १८ लाख छ । निगम सञ्चालक समितिमा रहेका निजी विमान कम्पनीका प्रतिनिधि भने हरेक निर्णय प्रक्रियामा हुनुपर्छ भन्दै अवरोध गर्ने गरेका छन् । निगमसँग भएको जम्मा २७४ सिट क्षमताका २ वटा जहाज भरेर उडान सकिरहेको छैन । निगमले यस अघि बोइङ तथा न्यारोबडीबाट उडान गरिरहेकै दिल्ली, मम्बाइ, बैंङ्लोर, थाइल्यान्ड, हङकङm क्वालालम्पुर, दुवाई र दोहामा पाँचैवटा जहाज पालैपाले उडाइरहेको छ । यी गन्तवयबाट निगमले. आशातित उपलब्धी पाउन नसकेको छैन भने निगमले खर्च व्यस्थापनसमेत गर्न सकेको छैन् ।
निगमसँग भएका अन्तर्र्रािष्ट्रय बाहेक आन्तरिक उडानका ९ जहाजमध्ये ६ वटा वर्षोसम्म ग्राउन्डेन हुने, सञ्चलनमा आएका पनि महिना महिनामै थन्किने गरेका कारण पनि आन्तरिक उडानका गन्तव्यमा भने जहाज नउडाउँदा निगम घाटामा गएको छ । निगमको अवधारणा अन्तर्र्रािष्ट्रय उडानबाट कमाउने र आन्तरिकमा सहुलियत उडान गर्ने भएपनि अन्तर्र्र्रािष्ट्रय उडान घाटामा जानु र आन्तरिकका विभिन्न २२ वटा गन्तव्य भएपनि उडान गर्ने जहाज नै नहुनु नै प्रमुख समस्या रहेको छ । निगमले यही साता सार्वजनिक गरेको वायुसेवा निगमको स्वेतपत्रमा यसको आम्दानी भन्दा खर्च बढी रहेको छ । निगमले जहाज किन्न ३७ अर्ब ५८ करोड रुपैयाँ ऋण लिएको छ । यसको व्याज मात्रै बाािषर््क ३ अर्ब ६६ करोड रुपैयाँ तिर्नुपर्छ ।
आन्तरिकका ९ जहाजमा ६ ग्राउन्डेड छन् । यसले पनि निगमको आन्तरिक घाटा चुलिँदै गएको छ । आन्तरिक उडान घाटा बर्षेनी बढीरहेको अवस्थामा चिनियाँ जहाज थपिएछि यो घाटा अझै बढ्न थालेको छ । पछिल्लो समय निगमसँग भएका जहाजमा तीनवटा ट्वीनअटर तीनवटै ग्राउन्डेड छ । २ वटा एमए ६० मध्ये एउटा ग्राउन्डेड छ भने चार वटा वाई १२ मध्ये २ वटा ग्राउन्डेड अवस्थामा रहेको छ । आन्तरिक उडानका यी जहाज निगमले उडाउनै नसकेका कारण पनि घाटा बढाउन थप सहयोग गरेको व्याक फायर भएको स्वेतपत्रमा उल्लेख छ ।
प्रतिक्रिया