विकासको गतिलाई तिव्र रुपमा अघि बढाइन्छ: प्रमओली

७ बर्ष अगाडि

काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताउनुभएको छ  ।

सरकारले गठन गरेको जनशक्तिप्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।

“विकासलाई द्रुतगतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ” प्रधानमन्त्रीओलीले भन्नुभयो, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामीजनतालाई विश्वास हुने गरी देखाउछौं ।”
प्रधानमन्त्रीओलीले योजनावद्ध विकासकालागिजनशक्तिप्रक्षेपण आवश्यक रहेको बताउनुभएको छ ।

“देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसकालागिहामीलाई हरेक क्षेत्रमाकतिजनशक्तिआवश्यक पर्दछभन्ने थाहाहुनु पर्दछ ।”प्रधानमन्त्रीओलीले भन्नुभयो,–“यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमाबर्षौंसम्मकालागिजनशक्तिको आपूर्तीलाई मार्गदर्शन गर्नुपर्दछ ।”

प्रधानमन्त्रीओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमुलक र गहनअध्ययनका साथकामगर्न निर्देशनदिनुभएको छ । “आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्तिव्यवस्थापनकालागिआधार बनाइन्छ” प्रधानमन्त्रीओलीले भन्नुभयो, “डाक्टर कतिचाहिने,इन्जिनियर कति,शिक्षककति,कृषिमाकतिजनशक्तिचाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ । आगामीदिनकालागि यो प्रतिवेदननिर्देशनपुस्तिकाहुनेछ । ”

समितिले ल्याएको तथ्यगतप्रतिवेदनकाआधारमा राष्ट्रिय योजनाआयोग,मन्त्रालयहरुले पनि योजनाबनाउने भएकोले यसलाई त्रुटी रहितबनाउनप्रधानमन्त्रीले निर्देशनदिनुभएको छ ।

“अनुमानमाहोइनतथ्यकाआधारमा,भवितव्यमाहोइन योजनवद्ध रुपमाकामगर्नुहोस” प्रधानमन्त्रीले निर्देशनमाभन्नुभएको छ,“प्रतिवेदनमानयाँनिष्कर्षहरु आउनु पर्दछ ।”

सरकारले विभिन्न क्षेत्रमा के कतिजनशक्तिआवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमाअध्ययनगर्नकालागिअसोज २८ गते  डा.रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकोे थियो । समितिका सदस्यहरुमा डा.माधवदाहाल,डा.इन्दिरा पराजुली,डा.विश्ववालाथापा,डा.विजयदत्त,डा. ध्रुवगौतम र डा.राजेश अहिराज हुनुहुन्छ । 

कार्यदलको निर्देशक समितिमाशिक्षामन्त्रीको संयोजकत्वमा गठन गरिएको छ । समितिको म्यादचार महिना छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया