मेस्सीले छोडे बार्सिलोना !

४ बर्ष अगाडि

लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छोडेका छन् ।  बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले मेस्सीलाई सिजनको अन्तिम खेल अघि नै छुट्टी दिएका हुन्  ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले मेसीलाई प्रस्ताव गरिसकेको छ । तर मेस्सीले कुनै उत्तर दिएका छैनन् । म्यानचेष्टर सिटी पनि मेस्सी लैजाने दाउमा छ । 

यसपाली अर्जेन्टिनामै आयोजना हुने कोपा अमेरिका फुटबलको लागि पनि मेस्सी तयारी अवस्थामा छन् । सन् १९९३ यता कोपा अमेरिका जित्न नसकेको अर्जेन्टिनाका लागि यसपटक घरेलु मैदानमा ट्रफी जित्ने अवसर छ । 

यस्तै  मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी हात पारेका हुन् ।

मेस्सीले ला लिगामा सर्वाधिक ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । उनले ३५ खेलमा ३० गोल र ९ असिस्ट दिए ।

ट्रफी जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र भिल्लारियलका जेरार्ड मोरेनोलाई पछि पारे । मेस्सी बेन्जेमा र मोरेनो भन्दा ७ गोलले अघि रहे । बेन्जमाले २३ गोल र ९ असिस्ट दिएका थिए । मोरेनोले २३ गोल ७ असिस्ट दिएका थिए ।

मेस्सीले आठौंपटक तथा लगातार पाँचौ सिजन पिचिची ट्रफी जितेका हुन् । उनी लगातार पाँच सिजन यस अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यसअघि २००९–१० मा ९३४०, २०१२–१२ मा ९५००, २०१२–१३ मा ९४६०, २०१६–१७ मा ९३७०, २०१७–१८ मा ९३४०, २०१८–१९ मा ९३६०, २०१९–२० मा ९२५० गोल गरेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया