एडीबीद्वारा दुई परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता

७ बर्ष अगाडि

काठमाडौं–एशियाली विकास बैक (एडीबी)ले नेपालका दुई वटा परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । 

अर्थ सचिव डा. राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच सोमबार अर्थ मन्त्रालयका एक कार्यक्रमका बीच नेपालको ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र विद्युतीय प्रशारण लाईन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

१ सय ३० मिलियन अमेरिकी डलर ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र २० मिलियन अमेरिकी डलर विद्युतीय प्रशारण लाईन परियोजनाका लागि खर्च हुने गरी एडीबीले ऋण सहायता उपलब्ध गराउने समझदारी गरिएको अर्थ सचिव खनालले जानकारी दिए । 

एडीबीले नेपालको आर्थिक तथा सामाजिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ ।

 त्यस अवसरमा अर्थ सचिव खनालले नेपालको गरिवी निवारणमा एडीबीले पु¥याएको योगदानको  प्रशंशा गरेका थिए।

७ बर्ष अगाडि

प्रतिक्रिया