रौतहटमा दोहोरो झडप

५ बर्ष अगाडि

रौतहटमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । दोहोरो झडपपछि एकजना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवको कमान्डमा गएराती गएको वन गस्ती टोली र सिकारी समूहबीच भोलन्टार वनमा झडप भएको हो ।  


वन गस्ती टोलीसँग झडप भएलगत्तै ८ जनाको समूहमा रहेको सिकारी समूह तितरबितर भएर भागेको वन अधिकृत यादवले बताए । झडपलगत्तै  चन्द्रपुर ३ का सीताराम स्याङतान पक्राउ परेका छन् ।  वन क्षेत्रमा पछिल्लो केही दिनदेखि अवैध चोरी सिकारी बढेको सूचनाको आधारमा गस्ती जाँदा सो झडप भएको  यादवले बताए । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया