राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जानकारी दिएको छ ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अहिले सो सडक विस्तारमा ३०० जना मजदूर खटिएको जानकारी दिए । ‘निषेधाज्ञा अगाडि दैनिक ५०० मजदूर सडक विस्तारको काममा खटिएका थिए’, आचार्यले भने, ‘निषेधाज्ञामा दैनिक ३०० मजदूर काममा छन् ।’ निषेधाज्ञाका बेला घर गएका मजदूर काममा फर्किन नपाउँदा मजदूरको संख्या केही घटेको आचार्यले बताए ।
सडक विस्तारका क्रममा अहिले पुल निर्माण, रुख कटान, ढल निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको छ । ‘यस सडकखण्डमा १२ ठूला पक्की पुल तथा २२ साना पक्की पुल बन्दैछन्’, आचार्यले भने, ‘साना पुल निर्माणका लागि सडक डाइभर्सनदेखि ठूला पुल निर्माणका लागि फाउण्डेशन तयार पार्ने काम भइरहेको छ ।’ यस सडकखण्डमा पर्ने १२ ओटा फलामका पुल हटाएर ठूला पक्की पुल निर्माण गर्न लागिएको हो ।
गैँडाकोटको जयश्रीखोला, झराहीखोला, देवचुलीको लोकाहा र कावासोतीको पत्थरखोलामा ठूला पुल निर्माणका लागि पुलको जग बस्ने ठाउँमा पाइप गाड्ने काम भएको छ । त्यस्तै गैँडाकोटको थुम्सीबाट अमरापुरीसम्म आठओटा साना पुल निर्माणको काम भइरहेको छ । ‘सानामध्ये दुईओटा पुलको निर्माण अन्तिम चरणमा पुगेका छन्, दुईओटाको स्ल्याप ढलान भइसकेको छ विङवाल निर्माणपछि ती पुलमा सवारी साधन सञ्चालन गर्न सकिन्छ’, आचार्यले भने, ‘अन्य पुलमा पनि जग खन्ने र पिलर निर्माणको काम भइरहेको छ ।’
आयोजनाअन्तर्गत गैँडाकोटबाट अरुणखोलासम्मका रुखहरुको कटान लगभग पूरा भएको आचार्यले बताए । ‘गैँडाकोटबाट अरुणखोलासम्म बिजुलीको पोल भएको स्थानमा बाहेक दुवैतर्फको रुख कटान सकिएको छ’, इञ्जिनीयर आचार्यले भने, ‘अरुणखोलाबाट दुम्किबाससम्मका रुख भने कटानको काम भइरहेको छ ।’ रुख कटान भएको स्थानमा माटो भर्ने कामसमेत अगाडि बढिरहेको आचार्यले बताए ।
रुख कटान सकिएको स्थानमा माटो भर्ने तथा ढल निर्माण गर्ने काम तीव्ररूरुपमा अगाडि बढाइएको छ । ‘केही स्थानमा टिकास ड्रेन निर्माण हुँदैछ, जुन ड्रेन बाहिर बनाएर ल्याएर राखिन्छ । त्यो बनाउने काम पनि यार्डभित्र भइरहेको छ’, आचार्यले भने, ‘टिकास ड्रेन राख्दा बलियो र काममा छिटोछरितो हुने भएकाले यो प्रयोग गर्न शुरु गरेका हौँ ।’ स्थानीय प्रशासनको सहयोगमा निर्माण सामग्री लिएर आउनेदेखि निर्माणको काम अगाडि बढिरहेको छ ।
सडक विस्तारको काम ६ प्रतिशत सम्पन्न भएको छ । ‘काममा पैसा खर्च भएको हिसाबले प्रगति प्रतिशत निकाल्ने गरिन्छ, अहिलेसम्म रुख काट्ने र माटो भर्ने काम भएकाले भौतिक प्रगति थोरै देखिएको हो’, आचार्यले भने, ‘यी काम सकिएर अरु काम शुरु भएपछि भौतिक प्रगति बढ्छ, काम धेरै नै भइसकेको छ ।’
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबलको ११४ किलोमिटर खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएर विसं २०७५ चैत ८ देखि निर्माण शुरु भएको थियो ।
एशियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा विस्तार शुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनीयरिङ कर्पोरेशनले रू। १६ अर्ब ९९ करोड ५२ लाखमा पाएको हो । ११४ किमी सडकखण्डको काम गैँडाकोट–दाउन्ने ९६५ किमी० र दाउन्ने–बुटवल ९४९ किमी० दुई खण्डमा विभाजन गरेर भइरहेको छ ।
अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडकखण्डलाई चार लेनको बनाउन लागिएको हो । दुईरदुई लेनको बीचमा ‘ग्रिनरी’सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सातरसात मिटरको हुनेछ ।
प्रतिक्रिया