प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने प्रधानमन्त्रीको चेतावनी

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने चेतावनी दिएका छन् । आज बेलुका ५ बजेसम्म अन्य दलहरुले नयाँ सरकार गठन गर्न नसके आफू फेरी प्रधानमन्त्री हुने र त्यो बेला विश्वासको मत नपाएमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने चेतावनी दिएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेको समय शुक्रबार बेलुका ५ बजे सकिँदै छ । 

प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै सो समयभित्र अन्य दललाई वैकल्पिक सरकार बनाउन नभए आफूलाई समर्थन गर्न आह्वान गर्दै यति दुवै हुन नसकेपछि आफू फेरी प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने बताए । नयाँ प्रधानमन्त्री बनेपछि आफू विश्वासको मत माग्न संसदमा जाने र विश्वासको मत नपाएमा संसद विघटन गरेर चुनावमा जाने चेतावनी दिए । 

‘त्यसो अबस्थामा फेरी प्रतिनिधिसभा विघटन ग¥यो, चुनावमा गयो भनेर नभन्नुहोला’, उनले भने, ‘आफूले सरकार पनि बनाउन नसक्ने, मलाई विश्वासको मत पनि नदिने भएपछि अरु विकल्प बाँकी रहँदैन ।’ 

दलहरुले यसअघि राष्ट्रपतिबाट उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान हुँदा दावी पेश गर्न नसकेको र अढाई महिनासम्म पनि आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकेको जिकिर गर्दै उनले अझै पनि विकल्प दिन सक्ने हो भने मौका रहेको प्रस्ट पारे । ‘आफूले बनाउन नसक्ने हो भने मलाई समर्थन गर्नुस् भनेको छु,’ उनले भने, ‘प्रतिनिधिसभालाई जोगाऔँ भन्ने नै मेरो उद्देश्य हो ।’

अदालतले एकपटक विघटन गरेर सर्वोच्वले पुनस्र्थापना गरिदिएपछि मैले गल्ति गरेको महसुस गर्नुभएको छैन ? भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले समय परिस्थीति अनुसार अदालतको फैसला फरक हुने भन्दै अर्कोपटक सर्वोच्चले आफ्नो निर्णय खारेज नगर्ने संकेत समेत गरे । उनले अहिले  डुंगा सही  दिशामा नगएकाे भन्दै त्याे बेलाकाे आफ्नाे निर्णय वा सर्वाेच्चकाे फैसला कुन ठीक थियाे भन्ने अबस्था नभएकाे समेत बताए । 

प्रधानमन्त्रीले राजीनामा वा विस्वासको मत प्राप्त गर्न नसकेर पद खाली भएको अवस्था नभइ राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको विषयमा चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले त्यस विषयमा प्रष्ट पार्न पत्रकार सम्मेलन गरेका हुन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने कुरा स्वीकारेर विश्वासको मत प्राप्त लिन नचाएकोले वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गरेको पत्रकार सम्मेलनमा बताए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया