कोलम्बियामा हुन लागेको कोपा अमेरिका फुटबल प्रतियोगिता नहुने

४ बर्ष अगाडि

काठमाडौं– कोलम्बियामा यस वर्ष कोपा अमेरिका फुटबल प्रतियोगिताका खेलहरु आयोजना नहुने भएको छ । 

यसअघि अर्जेन्टिना र कोलम्बियाले मिलेर यो प्रतियोगिता जुन महिनादेखि आयोजना गर्ने तय थियो । प्रतियोगिताको फाइनल खेल १० जुलाईमा कोलम्बियामै आयोजना हुने तय गरिएको थियो । 

तर, कोलम्बियामा चलिरहेको प्रदर्शनका कारण दक्षिण अमेरिकी फुटबल महासंघले यो प्रतियोगितामा हस्तक्षेप ग¥यो । कोलम्बियाले प्रतियोगितामा आफ्नै देशमा आयोजना गर्नका लागि अन्तिम प्रयास पनि गरेको थियो, उसले नोभेम्बरका लागि नयाँ मिति घोषणा गर्न प्रस्ताव गरेको थियो । जो असफल भयो । 

कोलम्बियामा तय भएका खेलहरु कहाँ खेलाउने भनेर दक्षिण अमेरिकी फुटबल महासंघले छिट्टै निर्णय लिने जनाएको छ ।

राष्ट्रपति इमान डुकुले कर र स्वास्थ उपचार सुधार घोषणा गरेपछि अप्रिलको अन्त्यमा कोलम्बियामा प्रदर्शन सुरु भएको थियो । पछिल्ला तीन सातादेखि यो प्रदर्शन निरन्तर जारी छ । 

राजधानी बोगोटा, मेडिलिन र काली ९जहाँ, कोपाका खेलहरु आयोजना हुने तय थियो क्षेत्रमा बृहद प्रदर्शन भइरहेको छ ।  


 

४ बर्ष अगाडि

प्रतिक्रिया