बैठकमा रेणु रोएपछि

७ बर्ष अगाडि

काठमाडौं — पार्टीको कार्यसम्पादन समितिको बैठकमै रोएपछि संघीय फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन् । 

माफीसँगै उनलाई कारबाही गर्ने प्रस्ताव फोरमकै औपचारिकरुपमा फिर्ता लिएको छ । 

गत बिहीबार बसेको पार्टीको कार्यासम्पादन समितिको बैठकमा पार्टी कार्यालय सचिव तथा कार्यसम्पादन समिति सदस्य प्रकाश अधिकारीले रेणुलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखेका थिए । 

अधिकारीको प्रस्तावलाई अन्य केही नेताले पनि सहमति जनाएको स्रोतको भनाई छ । तर, यस विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने केही बोलेका थिएनन् । 

पार्टी केन्द्रीय समितिले दिएको निदेर्शनलाई उल्लंघन गरी रेणुले गत असोज ३ मा कालो दिवस मनाउने निर्णय गरेकाले उनलाइ कारबाही गर्नुपर्ने प्रस्ताव अधिकारीले बैठकमा गरेका थिए । नागरिक दैनिकमा खबर छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया