ताउ–ते तुफानको  प्रभाव देशभर, आज यी स्थानमा भारी बर्षा हुने

५ बर्ष अगाडि

मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । 


महाशाखाका अनुसार आज भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ–ते  थप कमजोर भई न्यूनचापीय क्षेत्रका रुपमा रहेकोले आज पनि वर्षाको सम्भावना रहेको छ । 


आज बिहान देशभर सामान्य बदली भइरहेको र देशका केही स्थानहरुमा राती वर्षा समेत भएको महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा उल्लेख छ । 


यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली रहनेछ । 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

भने, सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एकरदुई​ स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, आज राति  प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य  बदली र अन्य भूभागमा सामान्यतया सफा रहनेछ । 

यता, प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एकरदुई स्थानमा राति मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया