काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीवार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ७.४७ अंकले बढेर २७८८.२८ विन्दुमा पुगेको छ ।
दुई बजेसम्म कारोबारमा आएका २०९ ओटा कम्पनीले रु ५ अर्ब ६६ करोड ३७ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, वित्त, र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म बैंक अफ काठमाण्डूको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २३ करोड ७२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३४८ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया