प्रधानमन्त्रीद्वारा कोरोना बिरुद्धको खोप उपलब्ध गराउन बेलायतलाई आग्रह

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतलाई कोरोना बिरुद्धको एस्ट्राजेनेका खोप सहयोग गर्न आग्रह गरेका  छन्।प्रधानमन्त्री ओलीले नेपाली जनताका लागि कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराउन राजदूत निकोलामार्फत बेलायती सरकारलाई आग्रह गरेका हुन् ।    
  
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग बिहीबार भएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले बेलायतबाट खोप लगायतका सामग्री सहयोग  गर्न आग्रह गरेका हुन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध तथा कोभिड १९ को लडाइँमा परस्पर सहयोगको आदानप्रदान बारेमा समेत छलफल भएको छ। 


 

५ बर्ष अगाडि

प्रतिक्रिया