मलेसिया जाने तयारीमा रहेका नेपाली युवा निरास

७ बर्ष अगाडि

काठमाडौं — मलेसियासँग श्रम समझदारी एमओयु गर्नुअघि कामदार पठाउन आतुर सरकार एमओयुपछि भने उदासीन देखिएको छ ।  आजको कान्तिपुर दैनिकमा  खबर छ ।  
 

कात्तिक १२ गते कामदारले कल्याणकारी र म्यादी जीवन बिमाबाहेक अन्य शुल्क तिर्न नपर्ने गरी मलेसियासँग एमओयु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पछिल्ला दिनमा मलेसिया कामदार पठाउने मामिलामा गुपचुप छ । यसबाट मलेसिया जाने तयारीमा रहेका नेपाली युवा निरास भएका छन्
। 
एमओयुपछि नेपाल मलेसिया संयुक्त कार्यदल जेडब्लुजीले समेत मलेसियामा रोजगारीका लागि जाने प्रक्रियाबारे टुंगो लगाईसकेको छ । 

जेडब्लुजीमा दुई देशका उच्च अधिकारी सम्मिलित छन् । एमओयु र कार्यादलमा पुरानै प्रक्रियाअनुसार नेपाली कामदार मलेसियापठाउने सहमति भएको छ । 

यो सहमतिपछि जेठ २ गतेदेखि रोकिएको मलेसियाको रोजगारीको ढोका पुनः खुल्ने धेरैको अपेक्षा थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया