माओवादी नेता पाण्डेमाथि गोली प्रहार

५ बर्ष अगाडि

माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । माओवादी  केन्द्र कपिलवस्तुका जिल्ला नेता पाण्डेमाथि तौलिहवा–जीतपुर सडकखण्डमा बुधबार राति गोली प्रहार भएको हो ।

पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको छ । 

निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीले बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया