कोरोनाका कारण एमाले नेता र डिएसपी केसीको निधन !

५ बर्ष अगाडि

नेकपा एमाले नेता तथा पूर्वसांसद योग नारायण यादवको निधन भएको छ । यादवको कोरोना संक्रमणबाट गएराति ललितपुरको मेडिसिटी अस्पतालमा  निधन भएको हो । 

यादवको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले बताएको छ ।


यादव २०५६ सालमा सांसद निर्वाचित भएका थिए ।धनुषाको सबैला नगरपालिका वडा नं। १ घर भएका उनको दुवै मिर्गौला खराब भएको थियो ।   मिर्गौला प्रत्यारोपणको तयारीअनुसार अस्पताल भर्ना भएका थिए ।


यस्तै कोरोना संक्रमणबाट नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षक (डिएसपी) को निधन भएको छ । नेपाल प्रहरी अस्पतालमा उपचार  डिएसपी राजकुमार केसीको निधन भएको हो ।  

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी केसीलाई बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको  उनका सहकर्मीहरूले जानकारी दिएका छन् ।  उपचारकै क्रममा बुधबार राति उनको निधन भएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया