डुबेर दुई किशोरीको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं– सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिका–९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो । रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैकौ पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले बताइन् । 

पोखरीबाट निकालेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर परीक्षण गराउँदा चिकित्सकले मृत घोषणा गरेको मञ्जुले बताइन् । शवलाई पोष्टमार्टमका लागि अस्पतालकै शवगृहमा राखिएको अस्पतालले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया