मन्त्रिपरिषद्‌मा पुरानै अनुहार

४ बर्ष अगाडि

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यही वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त गुरुङले यसअघिको सरकारमा सहभागी मन्त्रीलाई नै दोहो¥याएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र युवा तथा खेलकूदमन्त्री राजीव गुरुङलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिइए पनि रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्सालले भने विनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरे । 

युवामन्त्री गुरुङ काठमाडौँमा हुनुभएका कारण शपथमा सहभागी भएनन्। उनिहरूलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ गराइन् । ।

४ बर्ष अगाडि

प्रतिक्रिया