काठमाडौं, युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले सभा बिहान १० बजे कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थनगर ८ रुपन्देहीमा हुने भएको छ । हाल नेपालमा फैलिएको कोभिड १९ को विषम परिस्थितिको कारण सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले बताएको छ ।सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
साथै, सभाको विशेष प्रस्तावमा कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोनिम आव २०७५/ ७६ मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ ।
प्रतिक्रिया