प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ बाट नागरिकको जीवन बचाउनु सरकारको पहिलो प्राथमिकताको काम भएको पटकपटक प्रतिवद्धक्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले तेस्रो पटक प्रधानमन्त्रीकारुपमा कार्यभार शुरु गरेपछि कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि अपनाउनुपर्ने नीति, चाल्नुपर्ने कदम, गर्नुपर्ने कार्यहरूमा सम्पूर्ण सामथ्र्य, स्रोत साधन लगाएर गम्भीरतापूर्वक लाग्न निर्देशन दिएका थिए ।
नेपालमा सङ्क्रमणको दरमा कमी ल्याउन देशभरका ७३ जिल्लामा निषेध आदेश जारी गरिएको अवस्थामा नागरिकको जीवन रक्षालाई पहिलो प्राथामिकतामा राखी यस सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारकामा सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न निर्देशन दिएक हुन् ।
सरकारबाट कोभिड–१९ नियन्त्रणका लागि भएका प्रयासमा सङ्क्रमितका लागि अक्सिजनको अभाव हुन नदिन तत्काल अक्सिजन प्लान्ट खरिद गरिने, सङ्क्रमित सबैको उपचार गर्न सक्ने गरी अस्पताल एवं स्वास्थ्य संस्थाहरूमा जीवनरक्षक औषधिलगतालयका स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गरी भौतिक तथा संस्थागत पूर्वाधार विकास गरिने, कोभिड–१९ को उपचार र व्यवस्थापनमा कमी हुन नदिनका लागि आवश्यक चिकित्सकलगायतका स्वास्थ्यकर्मी थप गरी अग्रपङ्तिमा खट्ने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायत कर्मचारीहरूलाई प्रोत्साहन सुविधा उपलब्ध गराइने रहेको छ ।
कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था गरिने, कोभिड–१९ महामारीबाट उद्योग, व्यवसाय, उत्पादन र रोजगारीमा परेको प्रभावलाई सम्बोधन गर्न विशेष व्यवस्था गरिनेलगायतका विषयमा गम्भीरतापूर्वक प्राथमिकता निर्धारण गरी कार्यसम्पादन शुरु गरेको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण, औषधीलगायतका सामग्रीको पैठारीमा लाग्ने कर छुट दिने, अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर आयात गर्दा लाग्ने भन्सार, मूल्य अभिवृद्धि कर लगायतका अन्य सबै कुर छुट दिने व्यवस्था गरेको छ ।
सरकारले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक, एचडियुलगायत स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले रु ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार सहमति छ ।
कोभिड नियन्त्रण द्रूत कार्ययोजना कार्यान्वयन गर्न रु १४ अर्बसम्मको खर्च गर्ने गरी सहमति प्रदान गरिएको छ । कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री, उपचार, औषधीलगायत अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सहज बनाउन भन्सार विभागद्वारा ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिएको छ । साथै त्यस्ता सामग्री छिटो भन्सार जाँचपास गर्न संक्षिप्त कार्यविधि तयार गरिएको छ ।
उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री, उपकरण र औषधीका लागि वैदेशिक सहायता प्रक्रियालाई तीव्र बनाई, चीन सरकारबाट अक्सिजन सिलिन्डरसहितका सामग्री प्राप्त हुने क्रम जारी रहेको छ । अमेरिका, स्वीट्रजलाण्डलगायतका देशहरुबाट पनि सहायता प्राप्त हुने क्रम जारी रहेको छ ।
उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलले गत वैशाख २४ गते नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई अनुरोध गर्ने निर्णय गरी प्रक्रिया अघि बढाएक छन् ।
प्रतिक्रिया