काठमाडौं, शिखर इन्सुरेन्सले हकप्रद निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ ।
इक्रा नेपालले यो हकप्रदलाई कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिङ्गल ए’ ग्रेडिङ्ग प्रदान गरेको छ ।
शिखरले ३० प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीले यहि पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन पछि भने यसको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६ करोड ३३ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ ।
प्रतिक्रिया