काठमाडौं, एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ ।
कम्पनीले गत वैशाख १६ गतेबाट आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था,ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले आरएमडिसी लघुवित्त ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
आरएमडिसीको न्यूनतम शेयर मूल्य प्रतिकित्ता रू. ४९८, ग्रामीण विकास लघुवित्तको रू. ४०० र युनाइटेड इन्स्योरेन्सको रू. ३२१ तोकिएको छ । आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
इच्छुक लगानीकर्ताले विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी र एक्सेल डेभलपमेण्ट बैकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया