आज ३ पटक भूकम्पको धक्का महशुस , महाभूकम्पको पराकम्प भएको मापन केन्द्रको भनाइ

५ बर्ष अगाडि

आज (बुधबार) बिहान ३ पटक भूकम्पको धक्का महशुस भएको छ । यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । 

पहिलो  बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प महशुस भएको थियो । भूकम्पको केन्द्रविन्दु लमजुङको बाझाखेत र भुलभुलेको बीचमा रहेको मापन केन्द्रले जनाएको छ । 

यस्तै दोस्रो ४.० म्याग्नेच्युडको भूकम्प बिहान ८ बजेर १६ मिनेटमा महशुस भएको थियो । यस भूकम्पको केन्द्रविन्दु लमजुङको चण्डीस्थान र सिम्पानी बीचमा रहेको थियो । 

त्यस्तै ५.३  म्याग्नेच्युड तेस्रो भूकम्प बिहान ८ बजेर २६ मिनेटमा महशुस भएको थियो । भूकम्पको केन्द्रविन्दु लमजुङको बाझाखेत र भुलभुलेको बीचमा रहेको थियो  

मापन केन्द्रका अनुसार ३ वटै भूकम्पको केन्द्रविन्दु लमजुङ रहेको छ ।


भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ ।

यस्तै बिहान गएको भूकम्पबाट लम्जुङमा ४ जना घाइते भएका छन् । १५ वटा घर भत्किएको जिल्ला प्रहरी कार्यालय लम्जुङका डिएसपी गंगाबहादुर थापाले जनाएका छन् ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया