बुधबार बिहान ८ः२७ बजे पुनः भूकम्पको धक्का महसुस भएको छ । लमजुङको भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
्बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५।८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ ।
यस्तै बिहान गएको भूकम्पबाट लम्जुङमा ४ जना घाइते भएका छन् । १५ वटा घर भत्किएको जिल्ला प्रहरी कार्यालय लम्जुङका डिएसपी गंगाबहादुर थापाले जनाएका छन् ।
प्रतिक्रिया