सरकारद्वारा होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्र आह्वान

५ बर्ष अगाडि

सरकारले होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । गत बैशाख १३ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार १ हजार शैय्या क्षमताको अर्धअस्थायी प्रकृतिको होल्डिङ सेन्टर निर्माण गर्न एपिजी प्रणालीको मध्येबाट बोलपत्र आह्वान गरिएको छ ।

कोभिड १९ महामारीको परिस्थितिलाई उच्च व्यवस्थापन गरी समयमै निर्माण सम्पन्न गर्नसक्नुपर्ने सर्त राखिएको छ । 


काठमाडौं, कैलालीको गौरीफन्टा, मोरङको मोरङ रानी, बाँकेको जमुनाह, कञ्चनपुरको गड्डाचौकी, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया, झापाको काँकडभिट्टा र पर्साको विरगञ्जमा होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया