बालदलाई नेपालको साथ

४ बर्ष अगाडि

काठमाडौं– नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग रहने आश्वासन दिएका छन् ।   कोटेश्वरस्थित आफ्नो निवास पुग्नुभएका गृहमन्त्री थापासँगको भेटमा उनले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएका गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। 

यही जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन (वाग्मती प्रदेश) हुँदै छ । गृहमन्त्री थापा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार छन् । विपक्षी गठबन्धनबाट उक्त उपनिर्वाचनमा डा खिमलाल देवकोटा उम्मेदवार छन् ।  भेटवार्ताका क्रममा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा समेत उनिहरुबीच छलफल भएको थियो । गृहमन्त्री थापा नेकपा (एमाले) मा गएपछि नेकपा (माओवादी केन्द्र) का सिफारिशमा उनि पदमुक्त भएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया