६ हजार ८९१ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार नाघ्यो

५ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुने दर ७.।६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया