दुइ भाई बालककाे घाँटी रेटेर हत्या  !

५ बर्ष अगाडि

बाराको सदरमुकाम कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ ।

कलैया उपमहानगरपालिका–७ रंगपुर निवासी गफार मियाँका छोराहरुको घाँटी रेटेर हत्या गरिएको हो । 

धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा गफारका छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो ।

आज बिहान सोही ठाउँमा निर्माणाधीन मदरसाको कोठाभित्र बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताएका छन् । 

हिजो साँझ ८ बजे घरबाट बाहिर खेल्न गएका दुवैजना बालक सोही समयदेखि  वेपत्ता थिए । गफार मियाका दुवैजना छोराको शव हेरेर आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

घटनाको थप अनुसन्धानको लागि तालिमप्राप्त कुकुरमार्फत  घटनास्थलको थप अनुसन्धान गर्ने डिएसपी गौतमले जानकारी दिएका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया