कैदीबन्दीसँग  भेट्न रोक

५ बर्ष अगाडि

काठमाडौं– कोरोना सङक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्ला कारागार रौतहटमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ ।  सङ्क्रमण फैलिने जोखिमलाई ख्याल  गर्दै  भेटभाट बन्द गरिएको  कारागार प्रशासनले जनाएको छ ।

जेलर शम्भुप्रसाद यादवले जिल्लामा  सङ्क्रमितको सङ्ख्या वृद्धिभएकाले कैदी बन्दीसँगका  भेटघाट बन्द गरिएको जानकारी दिए । कारागारमा हाल १४ महिला सहित ३६७ बन्दी  छन् ।

वीरगञ्ज कारागारमा रहेका कैदीबन्दीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भेटघाट गर्न दिने गरेको जेलर कृष्ण गैरेले बताए । कारागारमा महिला पुरुष गरी १ हजार २ सय ६८ बन्दी  छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया