एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्ड निष्काशन गर्न बोर्डबाट अनुमति

५ बर्ष अगाडि

काठमाडौं,एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्ड  निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ ।

 प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाखइकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ ।

हाल एनआईसी एशिया क्यापिटलले दुई वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना संचालन गरिहेको छ । साथै क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पाँचौं योजना एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नामक योजना स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गराईसकेको छ । उक्त योजनाको धितोपत्रको दोश्रो बजारमा सूचीकृत कम्पनीहरुलाई स्माल क्याप, मिड क्याप र लार्ज क्याप गरि तीन बर्गमा विभाजन गरि उक्त बर्गहरुबाट उत्किृष्ट मानिएका कम्पनीहरु छनौट गरि लगानी गर्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया